पूर्वाञ्चल खबर
विराटनगर / नेकपा मोरङले पार्टी प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रमको तयारी तीव्र पारेको छ ।
आगामी कात्र्तिक ८ गते मोरङको पार्टी कार्यालय विराटनगर पाञ्चालीमा हुने कार्यक्रमका लागि आज विभिन्न तयारी समिति तथा उपसमितिहरुको बैठक बसी तयारीलाई तीव्र पारिएको पार्टी अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।
पार्टी कार्यालयमा आज स्वयंसेवक परिचालन मूलसमारोह समिति, खाध्यान्न उपसमिति, ट्राफिक व्यवस्थापन उपसमिति, अतिथि सत्कार तथा मञ्च व्यवस्थापन र गेट स्वागत समितिको बैठक बसेको बसेको अतिथि सत्कार तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक पर्शुराम बस्नेतले बताए । पार्टी प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई भव्य बनाउन विभिन्न उपसमितिहरु सक्रिय भएको उनले बताए । पार्टी प्रशिक्षण कार्यक्रमपछि कार्यकर्तामा नयाँ उत्साह थपिने उनले बताए ।
रविन थापाको संयोजकत्वमा स्वयंसेवक परिचालन मूलसमारोह समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा इश्वरी आचार्य र सचिवमा भाष्कर खनाल रहेका छन् । विमला घिमिरे संयोजकत्वमा रहेको खाध्यान्न उपसमितिको सह संयोजकमा लता न्यौपाने, शुशिल रिजाल संयोजकत्वको ट्राफिक व्यवस्थापनको सह संयोजकमा सनोज यादव र गोकर्ण घिमिरेको संयोजकत्व र मोहम्वत अजाकको सह संयोजकत्वमा गेट स्वागत उपसमिति गठन गरिएको छ ।
शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा पार्टी स्कूल विभाग प्रमुख इश्वर पोखरेललगायतका नेताहरुको सहभागिता रहने मोरङ सचिव गणेश उपे्रती शुशिलले बताए । उनका अनुसार कार्यक्रममा करिव ५ हजारको सहभागिता रहने छ ।