खबर पूर्वाञ्चल
ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीलाई देख्नसाथ पटका ल्याउनेहरु साइकल छाडेर फरार भएका थिए । त्यस्तै मोरङको रंगेली नगरपालिका २ मंगलबारे स्थित नहर छेउमा भारतबाट बीआर ३८ के ३८७ नम्बरको मोटरसाईकलमा भन्सार छलेर ल्याउँदै गरेको आइरन, ग्याँस चुलो, सिलिङ्ग पंखा र प्रेसर कुकरसहित ४० हजार रुपैयाँ बराबरको सामान बरामद भएको छ । ईप्रका रंगेलीबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बरामद गरेको हो ।
तिहार तथा छठ नजिकिएसंगै सिमा क्षेत्रमा हुन सक्ने अपराधीक घटनाहरुको साथै निषेध गरिएको पटका जन्य पदार्थ तथा अन्य अबैध सामानहरु भित्रिन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले विषेश प्रहरी टोली परिचालन गरेको जनाएको छ ।