AArya
RUMPUM
animated ellipse animated ellipse

दाईजो नदिएको भन्दै विराटनगरकी रन्जनाको जोगवनीमा हत्या, दुई दिनपछि खोलामा शव भेटियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ आश्विन २०७६, आईतवार १८:१५
3
Shares
विराटनगर / दाइजोको विषयलाई लिएर विराटनगर – ११ पिचरास्थित माइती घर भएकी २२ वर्षिय रन्जना सहनी (बहरदार) को हत्या भएको छ । दाइजो स्वरूप २ लाख रुपैयाँ नदिएको विषयलाई लिएर रन्जनाको हत्या भएको हो ।

शुक्रबार राती भारत अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा रन्जनाको हत्या भएको हो । हत्या भएको दुई दिनपछि आज विहान सिमावर्ती बजार जोगवनीदेखि करिब ३ किलोमिटर दक्षिण भवानीपुरस्थित ‘परमान’ खोलामा रन्जनाको शव फेला परेको जोगवनी प्रहरी चौकीका इन्र्चाज अफताब अहमदले जानकारी दिए । मृतकको अनुहार र शरिरको विभिन्न भागमा चोटपटक लागेको छ ।

प्रहरीले हत्या आरोपमा रन्जनाका श्रीमान भारतीय नगरिक जोगवनी भेडयारीका २५ वर्षिय भीम बहरदार सहनीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनी बहरदार, अर्जुन बहरदार र छिमिकी शिवानन्द मुखिया रहेका छन् । सैनी सुसुरा हुने भने अर्जुन जेठाजु हुन् । पक्राउ परेको ४ जना माथि थाना कार्ड नम्बर ३०३ र १९ को दफा ३०४ बि, २०१ र भारतीय दण्ड विधान ३४ अन्तर्गत मुद्दा दर्ता भईसकेको जोगबनी प्रहरीले जनाएको छ । बिगत दुई दिनदेखि हराएकी रञ्जनाको बारेमा जोगवनी थानामा माईती पक्षले शनिवारनै उजुरी दिएका थिए । भारतीय प्रहरीले रञ्जनाको माईती पक्षको निवेदनका आधारमा परिवारका ४ जनालाई फक्राउ गरेको हो ।

घटनामा संलग्न सासुआमा र जेठानी दीदी फरार रहेको बताइएको छ । उनीहरूको पनि खोजी कार्य भइरहेको जोगवनी प्रहरीले जनाएको छ । कुटपिट पछि हत्या भएको प्रारम्भिक चरणको अनुसन्धानबाट देखिएकोले विस्तृत रूपमा अनुसन्धान भइरहेको जोगवनी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर