CLASSICTECH NET

शान्तिसुरक्षा प्रदेशको पहिलो शर्त–मुख्यमन्त्री राई

खबर पूर्वाञ्चल, २४ आश्विन २०७६, शुक्रबार १९:५३

विराटनगर / शान्ति सुरक्षा एवं सुशासन प्रदेश सरकारको पहिलो शर्त रहेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

आज प्रदेश १ प्रदेश प्रहरी कार्यालय विराटनगर रानीले आयोजना गरेको ६४ औँ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले देश शान्तिको मार्गमा हिडिरहेकाले विगतको जस्तो झमेला व्यहोर्नु नपर्ने बताए ।

अपराधमुक्त प्रदेश बनाउने प्रदेश सरकारको सङकल्पलाई नेपाल प्रहरीले निष्ठानवान भएर काम गर्नु पर्ने बताउँदै मुख्यमन्त्री राईले मुलुकमा उच्च छवि र समाजमा विश्वास आर्जन गरेको नेपाल प्रहरीलाई सुदृढ गर्दै लैजाने कुरामा जोड दिए । उनले अगामी दिनमा हुने लगानी सम्मेलनबाट पर्यटन, पूर्वाधार र जलश्रोतको क्षेत्रमा व्यापक परिवर्तन आउने भन्दै सुरक्षा विना देशको विकास हुन नसक्ने भएकाले नेपाल प्रहरी यसमा दत्तचित भएर लाग्नु पर्ने उल्लेख गरे ।

मुख्यमन्त्री राईले देश र जनताका निम्ति कर्तव्यपालना गर्ने क्रममा ज्यान गुमाएका प्रहरीहरुप्रति हार्दिक श्रद्धाञ्जलि पनि अर्पण गरे ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले नेपाली जनता र राष्ट्रका सुरक्षामा अहोरात्र खटिने प्रहरी संगठनको कामलाई सराहाना गर्दै प्रदेश प्रहरी ऐन ल्याएर प्रहरी संगठनलाई अझ बलियो बनाउने बताए । मन्त्री कार्कीले सूचना र प्रविधिको विकाससँगै हुने नयाँ किसिमको अपराध र घटनालाई सामना गर्ने किसिमको प्रहरी संगठन बनाउन प्रदेश सरकार कुनै कसर बाँकी नराख्ने कुरामा जोड दिए ।

प्रदेश १ का प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले सीमित साधन र स्रोतको उच्चतम प्रयोग गरी नेपाल प्रहरी सदैब नेपाली जनताका सेवा र सुरक्षामा खटिरहेको दावी गरे ।
कार्यक्रममा अपराध र शान्ति सुरक्षामा अहमभूमिका निर्वाह गर्ने भोजपुरका प्रहरी जवान खेमनाथ भट्टराईलाई ५० हजार, भोजपुरकै प्रहरी जवान सुरेन्द माझीलाई २५ हजार र इलामका प्रहरी जवान मुकुन्द माझीलाई २५ हजार राशीको साधनादेवी प्रहरी पराक्रम पुरस्कार प्रदान गरियो ।

एसईई परीक्षामा उत्कृष्ट हुने प्रहरी परिवारका १० जना विद्यार्थीलाई जनही १० हजारको छात्रवृति पनि प्रदान गरियो । सोही कार्यक्रम खेलकुदतर्फ व्याडमिन्टन र दौडमा विजयी हुने प्रहरीलाई पनि पुरस्कृत गरियो भने प्रदेश प्रहरी परिवार संगठनले अमर प्रहरीका परिवारजनलाई दोसल्ला ओढाएर सम्मान पनि गरेको थियो ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५