CLASSICTECH NET

करण केसीको अलराउण्डर पर्दशनले नेपालको सघर्षपूर्ण जित

खबर पूर्वाञ्चल, २० आश्विन २०७६, सोमबार २०:४०

विराटनगर / करण केसीको अलराउण्डर पर्दशनले ओमनमा जारी पाँच देश बीचको टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल विजयी भएको छ ।

आज भएको सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । नेपालको जीतमा करण केसीले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले बलिङतर्फ ४ विकेट लिए भने ब्याटिङमा पनि अन्तिममा १४ बलमा ३१ रन अविजित हुँदै नेपाललाई जीत दिलाए ।

नेदरल्याण्डले दिएको १ सय ३४ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै पूरा गरेको थियो । करणबाहेक कप्तान पारस खड्काले ३३ रनको योगदान दिँदा विनोद भण्डारीले २६ रन जोडे । नेदरल्यान्डका रिलोफले २ विकेट लिँदा ब्रान्डन ग्लोभर, पल भ्यान मेकिरेन र फ्रेड क्लासेनले १–१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले १९ दशमलव ३ बलमा अलआउट हुँदै १ सय ३३ रन बनाएको थियो । नेदरल्याण्डका म्याक्स ओ’डाउडले ४३ रन कोलिन एकरम्यानले २९ रन र स्टोनिओ स्टलले २१ रन बनाए । नेपालका करण केसी र सन्दीप लामिछानेले समान ४–४ विकेट लिएका थिए । सन्दीपले ४ ओभरमा २० रन दिए भने करणले ३ दशमलव ३ बलमा १७ रन दिएका थिए ।

सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो। उक्त खेलमा पनि करण केसीको उत्कृष्ट प्रदर्शन रहेको थियो। सिरिजमा २ खेल खेलेको नेपाल दुवैमा जीत हासिल गरेर ४ अंकका साथ तेस्रो स्थानमा छ । समान खेल खेलेर समान अंक रहेको आयोजक ओमन रनरेटका आधारमा पहिलो नम्बरमा रहेको छ भने ३ खेल खेलेको टेष्ट राष्ट्र आयल्याण्ड ४ अंकका साथ दोस्रो अंकमा रहेको छ ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५