RUMPUM
animated ellipse animated ellipse

बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख महरा पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ आश्विन २०७६, आईतवार २०:२३
3
Shares
फाइल तस्वीर

काठमाडौं / सभामुख रहेकै बेलामा संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनलाई आज साँझ बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो । पक्राउ परेका महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाट निजी सवारीमा बाहिर निकालिएको थियो ।
महराकै माग अनुसार प्रहरीले उनलाई निजी कारमा राखेर लगेको छ । रातो रंगको गाडीमा गएका उनीसँगै सादा पोसाकका प्रहरीहरु खटिएका थिए । सुरुमा प्रहरीले उनलाई भ्यानमा लैजान चाहेको थियो । तर उनले निजी गाडीमा जान चाहेपछि प्रहरीले १६ च २९५८ नम्बरको गाडी ल्याएको थियो । तर उनी आफैैंले प्रयोग गर्ने बा १८ च ४०० नम्बरको निजी गाडीमा गए । अब उनलाई महानगरीय प्रहरी वृत्त, सिंहरबारमा राखेर अनुसन्धान गरिने प्रहरी स्रोतले बताएको छ ।

यसअघि आज विहान जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो ।

लगतै सभामुख निवासमा प्रहरी पुगेको थियो । सुरुमा सादा पोसाकमा प्रहरी पुगेको थियो तर पक्राउ गर्ने तयारीसँगै सभामुख निवास वरपर ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर