पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश सरकारले जग्गा उपलव्ध गराउनका साथ स्थायी प्रदेश सभाको निर्माणको कार्य शुरु गर्ने प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले बताएका छन् ।
आज विराटनगरमा प्रदेश १ प्रदेश सभाले आयोजना गरेको वडा दशै, दिवावली, छठको पर्वको उपलक्ष्यमा सञ्चारकर्मीहरुसंग आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा हाल अस्थायी रुपमा रहेको भवनका रहेका असुविधा चाँडै समस्या समाधान हुने बताए । उनले हाम्रो चाडपर्व ,संस्कृति र पहिचान, मौलिकता झल्काउने भएकोले यसलाई दीगो बनाउन र भडकिलो बन्न नदिन र पर्वले सवैसंग एक आफसमा सद्भाव र प्रेरणा दिने भएको धारणा व्यक्त गरे ।
प्रदेशको नामाकरणका सम्वन्धमा अनौपचारिक रुपमा छलफल र गृहकार्य भइरहेको जानकारी दिदै सभामुख भण्डारीले दलहरुवीचको सहमतीमा राजधानी घोषाणा भए जसरी नै चाँडै टुङग्याउने बताए । उनले सञ्चारकर्मीवाट प्राप्त भएको सुझाव अनुसार प्रदेश सभा सञ्चालनमा निश्पक्ष बनाउन सहज बताउदै प्रदेशलाई नं १ बनाउने हातेमालो र सकारात्मक सोचका साथ आगाडि वढ्नु पर्नेमा जोड दिए ।