RUMPUM
animated ellipse animated ellipse

पुष्पलालचोक–गछिया सडक कालोपत्रे हुँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ आश्विन २०७६, आईतवार १९:५५
3
Shares

विराटनगर / विराटनगर महानगरपालिका जोडिने कृषि सडकको रूपमा हेरिएको पुष्पलाल चौक–गछिया सडक कालोपत्र हुने भएको छ । सो सडकको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आज शिलान्यास गरेका छन् ।

बुढीगंगा गाँउपालिकाको कुहिलपुरमा आज आयोजित कार्यक्रमकाबीच मन्त्री पण्डितले सो सडकको शिलान्यास गरेका हुन् । २३ किलोमिटर ७ सय मिटर लम्बाईको सो सडक दुई वर्षभित्र कालोपत्रे गरिसक्ने जनाइएको छ ।

६४ करोड १६ लाख ५ हजार ५ सय ४९ रूपैयाँ लागत अनुमान गरिएकोमा श्री लुम्बिनी–मृत संजीवनी जे.भी. काठमाण्डौंले ५२ करोड २४ लाख ७३ हजार ७ सय २२ रूपैयाँमा निमार्ण गर्ने सम्जौता गरेको छ ।
दुवैतर्फ १–१ मिटरको सोल्डर राखेर साढे ७ मिटर चौडाईको रहने सो सडकको साढे ५ मिटर चौडाईमा कालोपत्रे गरिने भएको छ । सडकको सब बेसको मोटाई २० र बेस १५ सेन्टीमिटरको रहने जनाइएको छ । यसैगरि सो सडकमा पाइप कलर्भट ४५ वटा र स्ल्याब कल्र्भट १० वटा निर्माण गर्नुपर्ने ठेक्का सम्झौता रहेको जनाइएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै बूढीगंगा गाँउपालिकाका प्रमुख बालचन्द माझीले सो सडक खण्डको १८ किलोमिटर सडक बूढी गंगाउँपालिकामै पर्ने भएकाले पालिकाभित्रका विभिन्न वडाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने बताए ।

२०७६ असोज २ गते सम्झौता भएको ग्रामिण संजाल सुधार आयोजना अन्र्तगतको पुष्पलाचौक–गछिया सडक २०७८ सालमा निमार्ण कार्य सम्पन्न गरि हस्तान्तरण गरिसक्नुपर्नेछ । दशै लगतै पुष्पलाला चौक–गछिया सडकको निमार्ण कार्य सुरू हुने आयोजनाका व्यवस्थापक शम्भू कार्कीले जानकारी दिए । ‘चाडपर्व लगतै सडक निमार्णको कामको सुरूवात हुनेछ,’ उनले भने, ‘सम्झौता अवधिमा निमार्ण कार्य पूरा गरि संघिय सरकारलाई हस्तान्तरण गरिसक्नेछौं ।

सडकको शिलन्यास गर्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डितले ग्रामिण भेगमा पर्ने पुष्पलालचौक–गछिया सडक नमूना सडक बन्ने बताए । ठेक्का लिएको निमार्ण कम्पनीले सम्जौता गरेको समयसिममा नमूना सडक बनाएर सरकारलाई हस्तान्तरण गर्न मन्त्री पण्डितले विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै संघिय संसद अमनलाल मोदीले पुष्पलालचौक–गछिया सडक दीर्घकालिन महत्वको सडक भएकोले गुणस्तरीय सडक बन्नुपर्नेमा जोड दिए । यो सडकबाट ग्रामिण भेगका स्थानियले लभान्वित बन्ने सडक भएकोले समयसिममा निमार्ण पूरा गुणस्तरीय बन्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर