RUMPUM
animated ellipse animated ellipse

बेलबारी गोल्डकपमा एपीएफलाई सफलता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ आश्विन २०७६, आईतवार १९:०१
3
Shares

बेलबारी / एपीएफ क्लब काठमाडौंले मोरङको लक्ष्मीमार्गमा भइरहेको तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

आज भएको रोमाञ्चक खेलमा झापा–११ लाई २–० गोल अन्तरले स्तब्ध पार्दै एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । एपीएफका लागि रोहित थापा र हरि कार्कीले एक÷एक गोल गरे । झापाले दुवै गोल बेहोर्नुमा गोलरक्षक दिपांसु राउतको कमजोरी रहयो ।

रोमाञ्चक खेलमा गोलरक्षक राउतको कमजोरीको फाइदा उठाउँदै विभागिय टोली एपीएफ अघि बढ्दा साविक उपविजेता झापालाई झड्का लाग्यो ।

प्रतियोगिता बाटै बाहिरिए पनि झापा आक्रामक रुपमा उत्रिएको थियो । तर फिनिसिङ फितलो हुँदा एपीएफको भाग्य चम्कियो ।

२६ औं मिनेटमा रोहित थापाको गोलबाट एपीएफले गोलको खाता खोलेको थियो । थापाले कर्नरबाट गरेको प्रहारलाई गोलरक्षक राउतले क्लियर गर्न नसक्दा झापा दबाबमा प¥यो । क्लियर गर्ने प्रयास गरेको बलले राउतको हातमा ठोक्किंदै जाली चुम्यो । गोलरक्षक राउतको कमजोरीको फाइदा उठाउँदै ७० औं मिनेटमा हरि कार्कीले गोल थपेर एपीएफको जित निस्चित गरे । राउत अगाडि बढेको मौका छोप्दैएपीएफकै रामकुमार कुमालले खाली पोस्टमा गरेको प्रहार पोलमा लागेर रिबाउण्ड भएपछि कार्कीले वान टच जाली चुमाउँदा झापा स्तब्ध बन्यो ।

१२ औं मिनेटमा सुदीप शिखरकारको पासमा हरि कार्कीले टाउकोले गरेको प्रहार गोलरक्षक राउतले रोक्दै आफ्नो टिम विरुद्ध सुरुवाती गोलको संकट टारेका थिए । ९० औं मिनेटमा प्रविण स्याङ्तानले खाली पोस्टमा गरेको प्रहारले सही दिशा लिन नसक्दा खेलमा एपीएफले तेस्रो गोल गर्न सकेन ।

३६ औं मिनेटमा झापाका शौरभ लिम्बूको कर्नर पासमा राजन माझीको प्रहार दायाँ बार हुँदै बाहिरियो । ४५ औं मिनेटमा अभिशेक गुरुङको प्रहारले विपक्षी बार भत्काउन नसक्दा मध्यान्तर अघि झापाले खेलमा फर्कने अवसर गुमायो । ५२ औं मिनेटमा दिलेन लोक्तामको प्रहारमा पनि एपीएफका गोलरक्षक राजु नगरकोटी बाधक बने । ५५ औं मिनेटमा झापाका शौरभको प्रहार नगरकोटीले उत्कृष्ट ढंगले बचाए । ६६ औं मिनेटमा शौरभ वान भर्सेस वानको अवस्थामा चुक्नु पनि झापाका लागि दुर्भाग्यपूर्ण बन्यो । ८७ औं मिनेटमा योगेश गुरुङको प्रहारले विपक्षी बार भत्काउन नसक्दा झापाले सान्त्वना गोल फर्काउने अवसरको पनि सदुपयोग गर्न सकेन ।

खेलको म्यान अफ दी म्याद एपीएफका गोल रक्षक राजु नगरकोटी घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे । सोमबारको खेलमा मदन भण्डारी स्र्पोट्स एकेडेमी काठमाडौं र गोर्खा ब्वायज क्लब बुटवलबीच भिडन्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर