खबर पूर्वाञ्चल
आज विहान ४२ बर्षीय भाई बुद्धविर राईले ६४ बर्षीय दाजु विष्णु राईलाई धारिलो हतियार खुकुरीले प्रहार गरी घाईते बनाई आफु झुण्डिएर आत्महत्या गरेका छन् ।
आफ्नै बारीमा घाँस काटिरहेका दाजु विष्णुलाई एक्कासी कन्चटमा खुकुरी प्रहार गरी भाई बुद्धविर फरार भएका थिए । घटनाबारे जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी बन्दुकेबाट प्रहरीको टोली खटि घाईतेलाई उद्दार गरी उपचारको लागी झापातर्फ पठाएको थियो भने खुकुरी प्रहार गरेर फरार रहेका बुद्धविर राईलाई खोजतलाश गर्दै जाने क्रममा घटनास्थल नजिकै रहेको गोगुनको रुखमा झुण्डि मृत्यु भएको अवस्थामा फेला पारेको थियो ।
घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय ईलामको प्रहरी टोलीले थप अनुसन्धानलगायत कानूनी प्रकृया गरीरहेको ईलाम प्रहरीले जनाएको छ ।