RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ को नाम छिट्टै टुङ्गो लाग्छ : मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ आश्विन २०७६, शुक्रबार १८:४४
3
Shares

विराटनगर /प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालको संविधान–२०७२ ले नेपाली जनताका त्याग र बलिदानबाट आर्जित गरेको दस्तावेज रहेको बताए ।

आज विराटनगरमा चौंथो संविधान दिवसको अवसरमा आयोजित विषेश समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले राष्ट्र निर्माणका लागि बलियो आधार संविधान हो भन्दै सहकार्य र सहअस्तित्वलाई अंगिकार गरी शासन सञ्चालन भइरहेको कुरामा जोड दिए । तीन तहका सरकारबीच शासन सञ्चालनमा कुनै समस्या, द्विविधा वा विवाद नरहेको उनले बताए । तीन तहका सरकारबीच कानुनी र संरचनागत आधार खडा गरी संस्थागत रुपमै समन्वय, सहकारिता र सहयोगात्मक कार्य शुरु भएको उनको भनाई छ । पछिल्लो समय देखिएको द्विविधा र जटिलता आपसी छलफल, समन्वयबाट हल गर्ने संस्कृतिको विकास संघीय प्रणालीको अभ्यासमा सुखद् पक्ष भएको उनले बताए ।

मुख्यमन्त्री राईले प्रदेश १ को नाम छिट्टै टुङ्गो लाग्ने जनाउँदै सरकार जनहीतको बाटो अग्रसर रहेको बताए । उनले भ्रष्टाचारका लागि सरकारले शून्य सहनशीलता अपनाएको प्रष्ट पार्दै शासकीय पद्धतिलाई जवाफदेहिता र पारदर्शी बनाउन सरकार क्रियाशील रहेको बताए ।

समारोहमा प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा गोबिन्दबहादुर तुम्बाहाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियत, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे, उपसभामुख सरस्वती पोखरेल, नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल, सुरक्षा निकायका प्रमुखहरु, उच्चपदस्थ कर्मचारीहरु, समाजसेवी, उद्योगपतिहरुको सहभागिता थियो ।

यसअघि मुख्यमन्त्री शेरधन राई विराटनगर विमान स्थल र जनआन्दोलन(महेन्द्रचोक) मा स्थायी रुपमा रहनेगरी ठूलो राष्ट्रिय झण्डा फहराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर