पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा बाल दिवसको अवसर पारेर विविद्य कार्यक्रम आयोजना गरेको छ । स्कूल परिसरमा आइतबार एक कार्यक्रमको बिच बाल दिवस मनाएको हो ।
वाल दिवसमा बक्तृत्वकला, नृत्य, गायन प्रतियोगिता अयोजना गरिएको थियो । पर्यटन वर्ष सन २०२० शिर्षकमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिताको प्रथम राहुल साह, द्धितीय आशिका पौडेल, तृतीय दोरिक मण्डल र सान्तवना स्नेहा विश्वास भइन् । स्कूलले २०७६ सालको सर्वउत्कृष्ट चार जना विद्यार्थीहरूलाई पनि वाल दिवसको अवसर पारेर सम्मान गरेको छ । यसरी सम्मानित हुने अनुशासित विद्यार्थीमा इसान्त यादव, नियमित स्कूल आउने सुरज पोद्धार, सरसफाइमा ध्यान दिन एलिना राजवंशी र मनिटरमा राहुल शाह भएका थिए । उनीहरूका स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले सम्मान तथा ट्रफि वितरण गरेका थिए ।
फोटो छ ।