पूर्वाञ्चल खबर
विराटनगर / वेलायतको १८० वर्ष पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित चार वर्षीय इन्टरनेसनल विजनेस म्यानेजमेन्ट (विविएम)को ब्याचलरको कक्षा सञ्चालन गर्दै आएको विराटनगरको मेरिल्याण्ड कलेजले यस वर्ष दशैँ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
कलेजका विविएम अध्यनरत ४ सय भन्दा बढी विद्यार्थीहरुका लागि दशैँमा विशेष कार्यक्रम आयोजना गर्न लागेको कलेजका विजनेस डेभलपमेन्ट प्रमुख विवेक दाहालले जानकारी दिए ।असोज ९ गते कलेजमा उक्त कार्यक्रम आयोजना हुनेछ ।
दशैँ विशेष कार्यक्रममा नेपालका चर्चित गायक सविन रार्इसहितको ब्याण्डको विशेष प्रस्तुति रहने छ साथै कलेजका विद्यार्थीहरुको गायन तथा नृत्य , विभिन्न खेल र खानाका स्टलहरु राखिने कार्यक्रम रहेको कलेजले जनाएको छ ।
सवेै उपस्थित विद्यार्थी तथा कलेजका सम्पूर्ण टिमले आफ्नो संस्कृति झल्किने पोशाक लगाएर इथिनिक डे मनाउने पनि कलेजको कार्यक्रम रहेको छ । नेपालीहरुको महान चाड बडा दसैँको अवसरमा बिद्यार्थीहरुका लागि मनोरंजन साथै आफ्नो प्रतिभा देखाउने माध्यमको रुपमा कार्यक्रम हुन लागेको कलेजले जनाएको छ ।