AArya
RUMPUM
animated ellipse animated ellipse

डिजिटल साक्षरता अभियानको आजदेखि प्रदेश १ बाट शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ भाद्र २०७६, आईतवार २०:१८
3
Shares

विराटनगर / प्रदेशका सामूदायिक विद्यालयका लागि ‘डिजिटल साक्षरता’ अभियानको आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ल्यापटपको इन्टर दवाई शुभारम्भ गरे ।

सामाजिक विकास मन्त्रालयले ५३ औं अन्तर्राष्ट्रिय साक्षरता एवम् ४० औं शिक्षा दिवसको उपलक्ष्यमा एकसाथ प्रदेशको एक सय विद्यालयहरुमा साक्षरता अभियानको शुरुवात भएको छ ।

आज मोरङको वुढीगंगा गाउँपालिका– १ स्थित नरग्राम नमूना माध्यमिक विद्यालयको ७१ औं वार्षित्सव एवम् अभिभावक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले अभियानको शुरुवात गरेका हुन् ।

सामाजिक विकास मन्त्रालयको दुई करोड, स्थानीय निकाय ,इक्वालीट फाउडेशन अमेरिका , यूनाइटेड बल्र्ड स्कूल र रोटरी क्लव इन्टरनेशनलको सहयोगमा अभियानको सञ्चालनमा आएको हो ।
आगामी दिनमा प्रदेशका एक हजार दुई सय सामुदायिक विद्यालयका डिजिटल साक्षरता अभियानमा आवद्ध गरिने भएको छ ।

मुख्यमन्त्री राईले प्रदेश सरकारको नीति तथा कार्यक्रम र वजेटमा उल्लेख भए अनुरुप ‘डिजिटल प्रदेश’को सपनालाई अभियानले साकार पारेको बताए ।उनले सूचना प्रविधिको शिक्षावाट मुलुकमा दक्षजनशक्ति उत्पादन भै विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्षम हुनुका साथै ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराले सार्थकता पाउने बताए ।

मुख्यमन्त्री राईले नेपालमा पहिलो पल्ट प्रदेशसरकारले शुरु गरेको अभियानले अन्य प्रदेशलाई समेत प्रेरणा मिल्ने विश्वास गरे । प्रदेशलाई सूचना प्रविधिको केन्द्र वनाउने अभियानलाई सहयोग पु¥याउन आव्हान गर्दै मुख्यमन्त्री राईले स्वदेशमा नै विदेशीस्तरीय पाठ्यक्रमको अध्ययन गर्ने सुविधाले विदेशी मुद्राको वचत रहने बताए ।

आफ्नो अमेरिकाको भ्रमणमा नेपाली समुदायलाई सूचना प्रविधि शिक्षामा सहयोगको आव्हान अनुरुप अभियान शुरु भएको जानकारी दिदै मुख्यमन्त्री राईले विदेशमा रहेका नेपाली विज्ञहरुको सम्मेलन प्रदेशमा चाँडै गर्ने बताए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी १० वर्ष भित्र प्रदेशका सवै विद्यालयहरुमा झोला र किताव विस्थापित गर्ने बताउँदै सवै विद्यालयहरुमा ई –शिक्षा सफल बनाउन सवैको सहयोग आवश्यक रहेको बताए ।

सङ्घीय सांसद अमनलाल मोदी, सामाजिक विकास समितिका सभापति सरिता खड्का र विद्यालयका प्रधानाध्यापक भीमवहादुर वस्नेतलगायतले नयाँ सोचले परिवर्तन कार्य गरी विकासको चरणमा पु¥याई प्रदेशलाई ‘प्रविधि मैत्री’ बनाउन सहयोग पुगेको बताए ।

सोही अवसरमा शैक्षिक वर्ष २०७५मा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रदेशका प्रत्येक जिल्लाका एक÷एक गरी १४ वटा सामुदायि विद्यालय, १४ सामुदायिक सिकाई केन्द्र र १४ संस्थागत विद्यालयहरुलाई नगद सहित सम्मानित गरियो ।

सामुदायिक विद्यालय र सिकाई केन्द्रलाई दुई लाख र संस्थागत विद्याललाई एक लाख नगद प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर