RUMPUM
animated ellipse animated ellipse

ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु २ घाईते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ भाद्र २०७६, शनिबार ०७:३८
3
Shares

इलाम / इलामको रोङ गाउँपालिका १ हिलेपाखा भन्ने भित्रि सडक खण्डमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ घाईते भएका छन् ।

शुक्रबार साझँ ७ बजेको समयमा सोहि स्थानबाट तीनघरे इलामतर्फ बाँस लोड गरी आउदै गरेको मे १ ख २२५६ नम्बरको ट्रक उकालोमा तान्न नसकि बाटोबाट अंदाजी ७० मिटर तल खसी दुर्घट्ना भएको हो । दुर्घटनामा झापाको बुद्ध शान्ति गाउँपालिका ५ का रविन नेपालको गाडी मुनि चेपिएर मृत्युभएको छ भने नरेन्द्र खड्का र रमेश चौहान घाईते भएका छन् ।

घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरीको टोलि खटी घाईतेहरुलाई उपचारको लागी बि एण्ड सी अस्पताल विर्तामोड पठाएको थियो भने ट्रकका चालक झापाको दमक नगरपालिका ५ का धुर्व कार्की हालसम्म फेला नपरेकोले खोज तलाश गर्ने कार्य भईरहेको इलाम प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर