RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय जनगणनाबाट योजना वनाउन सहज हुने–मन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ भाद्र २०७६, बिहीबार २०:३५
3
Shares

विराटनगर / राष्ट्रिय जनगणनावाट सरकारलाई आधविक योजना तयार गर्न सहज हुने आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताए ।

आज विराटनगरमा तथ्याङक कार्यालय मोरङ्ग र केन्द्रीय तथ्याङक विभागले आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को सन्दर्भ – प्रचारप्रसार तयारीको लागि मिडियासँग अन्तरक्रिया गोष्ठीको उद्घाटन गर्दै मन्त्री कार्कीले मुलुकलाई समृद्ध बनाउन जनगणनावाट आउने सहि तथ्याङक कोशेढुंगा सावित हुने बताए ।
गणनावाट आउने तथ्याङकवाट व्यवसायिक कृषि र पशुपालनमा मुलुकले फड्को मारी खाद्यान्न तथा मासुजन्य पदार्थको आयातमा न्यूनिकरण गर्न सहयोग पुग्ने मन्त्री कार्कीले बताए ।
प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीले जनगणनाको वातावरण समाजमा निर्माण गर्न मिडियाको ठूलो भूमिका हुने बताए ।

तथ्याङक विभागका निर्देशक ढुण्डीराज लामिछानेले यसपालीको जनगणनामा शिक्षित युवाहरुलाई तथ्याङक संकलन गराउने जानकारी दिदै कूल ६० हजार जनशक्ति परिचालन गरिने बताए ।

गोष्ठीमा तथ्याङक कार्यालय मोरङका प्रमुख अशोक भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश समितिका महासचिव विवेक गौतम, मोरङ अध्यक्ष बन्धु पाखरेलले जनगणनावाट समग्र मुलुकको विकासमा मद्दत पुग्ने बताए ।

गोष्ठीमा निर्देशक लामिछाने, अध्यक्ष पोखरेल र महाप्रसाद खतिवडाले कार्यपत्र प्रस्तुत गरे ।

राष्ट्रिय जनगणनाका लागि सामूदायिक प्रश्नवाली २०७८ जेठ २५ देखि असार ८ गतेसम्म र मुख्यप्रश्नवाली २०७८ असार १५देखि १५ गतेसम्म कार्य हुने जनाइएको छ । राष्ट्रिय जनगणनाका लागि अनुरोध पत्र घरघरमा पठाउने, रेडियो, टिभि तथा पत्रपत्रिका जनगणनाको महत्व दर्शाउने र युट्रयूव तथा सामाजिक सञ्जालवाट जनगणनाको फारम कसरी भर्ने आदिको जानकारी गराउने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर