RUMPUM
animated ellipse animated ellipse

उच्च अदालत विराटनगरमा दुई हजार ४ ८२ मुद्दा फछ्योट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ भाद्र २०७६, मंगलवार १९:२३
3
Shares
विराटनगर/ आर्थिक वर्ष २०७५/७६ मा उच्च अदालत विराटनगरले दुई हजार ४ सय ८२ थान मुद्दा फछ्र्यौट गरेको छ ।

गत आवमा दर्ता भएका तीन हजार ४ सय ६८ र जिम्मेवार सरेका ९ सय ५६ गरी जम्मा चार हजार ४ सय २४ मुद्दामा ५६ प्रतिशत अदालतले मुद्दा फछ्योट गरेको अदालतका रजिष्ट्रार ठगेन्द्र कट्टेलले जानकारी दिए ।

मुद्दा फछ्योट हुन बाँकी रहेका मुद्दाहरुमा दुई वर्ष नाघेका २१, १८ महिनादेखि दुई वर्ष भित्रका ५३, एक वर्षदेखि १८ महिनासम्मका १ सय १०, नौ महिनादेखि एक वर्ष भित्रका ३ सय ५५ र नौ महिना भित्रका एक हजार ४ सय ३ थान रहेका छन् ।

अदालतले गत आर्थिक वर्षमा दुई हजार २ सय ८५ मुदा दर्ता हुने अनुमान गरेकोमा एक हजार १ सय ८३ थान मुद्दा बढी दर्ता भएको फछ्योटको प्रतिशतमा कमी आएको अदालतले जनाएको छ ।

यसरी दर्ता भएका मुद्दाहरुमा सवैभन्दा बढी सम्पत्ति सम्वन्धी लेन लेनदेनका ९ सय २९ थान, लालु औषधका ४ सय १३, मेलमिलापमा ३ सय ९८ थान, महिला पक्षका ३ सय ९२ थान, ज्यान सम्वन्धी ३ सय १०,करणी सम्वन्धी २ सय ६१ थान, लिखत सम्वन्धी कसूरका २ सय २४ थान,चोरी तथा डाँकाका २ सय २ थान, मोही सम्वन्धी २ सय ५३ थान र बहुविवाह सम्वन्धी ७४ लगायतका मुद्दा दर्ता भएका थिए ।

अदालतले चालु आर्थिक बर्ष २०७६/७७ मा नयाँ मुद्दा दुई हजार ८ सय ४९ र गत आर्थिक वर्षको जिम्मेवारी सरेको एक हजार ९ सय ४२ गते कूल चार हजार ७ सय ९० मा तीन हजार ३ सय ६६ फछ«योट गर्ने लक्ष्य लिएको छ । यसरी फछ्योट गरिने मुद्दामा प्रति इजलास ६ सय ७४ मुद्दा रहने रजिष्ट्रार कट्टेलले जानकारी दिए ।

अदालतले आव २०७३/७४ मा तीन हजा ८ सय ३५ मुद्दा दर्ता भएकोमा दुई हजार ३ सय ९१ अर्थात ५६ः७३ प्रतिशत फछ्र्याैट भएको थियो ।

यस्तै आव २०७४/७५ मा तीन हजार ३ सय ५२ मुद्दा दर्ता मध्ये दुई हजार ३ सय ९६ अर्थात ७१ः४७ प्रतिशत फछ्योट भएको रजिष्ट्रार कट्टेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर