RUMPUM
animated ellipse animated ellipse

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ भाद्र २०७६, मंगलवार १८:१९
3
Shares

विराटनगर / विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले लागुऔषधसहित आज दिउँसो एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

लागुऔषध शरीरमा टेपले बाँधेर नेपाल छिरेका भारतको अररिया जिल्ला जोगवनी ग्राम पञ्चायत–९ का २२ वर्षीय मोहम्मद करिम अन्सारी पक्राउ परेका हुन् । पैदल हिंडिरहेको अवस्थामा शंका लागेर उनलाई प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो । अन्सारीको साथबाट ५० एम्पुल एभिल, ५० एम्पुल डाईजेल्याब र ५० एम्पुल लुपिजेसिक नामक लागुऔषध फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।

पक्राउ परेका अन्सारीले आफूले नचिनेको व्यक्तिले एक हजार रुपैयाँ दिएर इटहरीसम्म पु¥याउन लगाएको प्रहरीलाई बताएका छन् । प्रहरीले पक्राउ परेका व्यक्ति लागुऔषधको कारोबारी नै भएको हुन सक्ने आशंका गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर