पूर्वाञ्चल खबर
विराटनगर /मोरङ मिक्लाजुङ गाउँपालिका – ७ मधुमल्लास्थित बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
मधुमल्ला– तोरीबारी भित्री सडक खण्डमा तोरीबाट मधुमल्लातर्फ आउदै गरेको ना २ ख ५२२७ नं. को बसमा सवार ईलाम चुलाचुली गाउँपालिका – ६ की ८० वर्षिय नन्दकुमारी राई बसबाट झरी अगाडीवाट बाटो क्रस गर्ने क्रममा सोही बसले ठक्कर दिदा उपचारको क्रममा मृत्यु भएको हो ।
उनको उर्लाबारीस्थित अरनीको अस्पताल उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस तथा चालक ईलाका प्रहरी कार्यालय मधुमल्लाको नियन्त्रणमा रहेको थप अनुसन्धान भई रहेको मोरङ प्रहरीले जनाइको छ ।