पूर्वाञ्चल खबर
आज भएको कार्यक्रममा कवि नारायणप्रसाद राजवशीद्धारा लिखित जातीय अस्तित्वके खोजिमे पुस्तक विमोचन गर्नका साथै विराटनगर महानगरका मेयर भीम पराजुली, हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौला र गायक सुमित खड्कालाई सम्मान गरिएको छ ।
पुस्तकको विमोचन विराटनगर महानगरका मेयर भीम पराजुलीले गरेका थिए । राजवशीहरुभित्र रहेको प्रतिभा उजागर गर्नका साथै संस्कृति र पहिचान जगेर्नाका लागि काम गर्ने उदेश्यका साथ समाज समितिले काम गरिरहेको बताए । हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौला र सुमित खड्का विराटनगर महानगरका सद्भाव दुत समेत हुन् । विराटनगरका यी दुवैले देशको नाम र गरिमालाई उच्च बनाएका छन् ।