RUMPUM
animated ellipse animated ellipse

सुर्खेतमा गाई मारिएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ भाद्र २०७६, शनिबार १८:३८
3
Shares

सुर्खेत / सुर्खेतमा गाई मारिएको बिषयमा सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

गृहमन्त्रालयले गाई हत्याको बिषयमा छानबिन गरी त्यसको प्रतिवेदन बुझाउन समितिलाई १५ दिनको समय दिएको छ । मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको हो । यो समितिले अबको १५ दिनभित्र गौहत्याको विषयमा छानबिन प्रतिवेदन बुझाउने मन्त्रालयका प्रवत्ता रामकृष्ण सुवेदीले विज्ञप्ति निकालेर जानकारी दिए ।

छानबिन समितिमा सुरक्षा निकायका प्रतिनिधि पनि रहेका छन् । नेपालगञ्जबाट दैलेखको श्रीस्थान लैजाने भन्दै सुर्खेत ल्याइएका दुई सय ९१ गाईमध्ये २४ वटा गाईगोरु वीरेन्द्रनगरका भीरमा खसालिएका कारण मरेका थिए । यही घटनाको छानिबन गर्न मन्त्रालयले समिति गठन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर