AArya
RUMPUM
animated ellipse animated ellipse

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ भाद्र २०७६, आईतवार १७:२७
3
Shares
धनकुटा/ धनकुटाको सागुरीगढी गाउँपालिका ९ थाम्चुवा स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

शनिबार साँझ सागुरीगढी गाउँपालिका ८ खुडी स्थितमा निर्माण भई रहेको तमोर करिडोर सडक खण्डको लागि चाहिने आवश्यक सिमेन्ट लिएर इटहरीबाट धनकुटातर्फ जादै गरेको कालिका कन्सट्रक्सनको लु ४ त २६९९ नम्बरको ट्याक्टर बाटोबाट अन्दाजी १ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक सुनसरीको बराहाक्षेत्र नगरपालिका ८ मैनाबारीका २६ वर्षिय राकेश चौधरीको मृत्यु भएको हो ।

निर्माण स्थलमा अबेरसम्म पनी राकेश नपुगेपछी ठेकेदार पक्षका मानिसहरूले खोजतलाश गर्ने क्रममा आज बिहान उक्त स्थानमा मृत्त अवस्थामा फेला परेका थिए ।

घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले सम्पुर्ण कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाएको धनकुटा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर