AArya
RUMPUM
animated ellipse animated ellipse

ट्रक र एम्बुलेन्स ठोक्कीदा १ को मृत्यु ६ घाईते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ भाद्र २०७६, शुक्रबार १०:५१
3
Shares

विराटनगर / मोरङको सुन्दर हरैचा नगरपालिका ७ को पूर्व पश्चिम राजमार्गमा आज राती ट्रक र एम्बुलेन्स एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् ।

राती ०१ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च २००३ नम्बरको एम्बुलेन्स र बिपरीत दिशाबाट आउँदै गरेको ना ५ ख १९२५ नम्बरको ट्रक एक आपसमा ठोक्किदा एम्बुलेन्स चालक ईलाम नगरपालिका २ का २१ बर्षीय रमेश निरौलाको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा एम्बुलेन्समा सवार ५ जना र ट्रकका सहचालक घाईते भई उपचारको लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको र मृतकको शव समेत कानूनी प्रकृया पुरा गरी परिक्षणको लागि घोपा पठाईएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ भने दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय बेलवारीको नियन्त्रणमा रहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर