पूर्वाञ्चल खबर
विराटनगर / लियो क्लव अफ विराटनगर ग्रिन सिटीले विराटनगर– १० मा रहेको कोवास कलेजमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
कलेजको प्राङगणमा आज आयोजना गरी ५५ पिन्ट रगत संकलन गरीएको कलेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठले जानकारी दिए । कलेजका विद्यार्थीलगायत अन्य उपस्थित व्यक्तिहरुले रक्तदान गरेको कलेजले जनाएको छ ।