पूर्वाञ्चल खबर
जंगलमा गाई गोरु मृत रहेको भन्ने खबर प्राप्त भए संगै प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले २८ वटा गाई र १६ वटा गोरु मृत अबस्थामा रहेको पाएको थियो । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली तथा जिल्ला पशु सेवा केन्द्र ईनरुवाबाट पशु चिकित्सकसहितको टोली खटि गई थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।