RUMPUM
animated ellipse animated ellipse

अवैध ढुङ्गा र बालुवा बोक्ने टयाक्टर नियन्त्रण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ श्रावण २०७६, बुधबार २०:०९
3
Shares
फाइल तस्वीर
विराटनगर/ प्रहरीले मोरङको दुई वटा खोलाबाट अवैध रूपमा उत्खनन गरि ढुङगा र बालुवासहित सवारी पक्राउ गरेको छ ।

मोरङ सुन्दरहरैचा नगरपालिका – ७ गछिया खोलाबाट को १ त ५२९० नम्बरको ट्याक्टरमा बालुवा लोड गर्दै गरेको अवस्थामा प्रहरी चौकी गछीया बाट खटिएको गस्ति टोली नियन्त्रणमा लिएको छ । प्रहरीलाई देख्नासाथ ट्याक्टर छाडी चालक फरार भएका थिए । प्रहरीले उक्त ट्याक्टर आवश्यक करवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय मोरङलाई बुझाएको मोरङ प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले सोहि दिन मोरङको केराबारी गाउँपालिका– ७ स्थित खदमखोलाबाट पनि अवैध रुपमा ढुङगा उत्खनन गर्ने क्रममा प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले को १ त ५९०९ नम्बरको ट्रयाक्टरमा ढुङ्गा लोड गरी लैजादै गरेको अबस्थामा ईप्रका केराबारीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो । यस खोलाबाट प्रत्येक वर्ष अवैध रूपमा उत्खनन् हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर