AArya
RUMPUM
animated ellipse animated ellipse

क्लासिकटेकद्वारा विराटनगरमा बृक्षारोपण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ श्रावण २०७६, शनिबार १६:३३
3
Shares
विराटनगर / इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले विराटनगरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीको १० औ वार्षिकउत्सबको अवसरमा आज विराटनगरको तिनपैनी ,पुष्पलाल चौक सडकखण्डको लेनमा साना खाले विभिन्न प्रजातीका बृक्षहरु रोपिएको हो ।

कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुली , वडा नं १ का वडाध्यक्ष उद्धव अर्याल र क्लासिक टेक क्षेत्रीय प्रबन्धक भूपाल काकीर्ले बृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा बोल्दै मेयर पराजुलीले विराटनगरका सवैखाले संघ ,संस्था र नगरवासीको समन्वयमा विराटनगलाई सुन्दर सहर बनाउन सकिने बताए । महानगरका हरेक सकारात्मक कदममा नगरवासी सवैको साथ सहयोग भए सुन्दर सहरको सपना पुरा हुने बताए ।

नेपालको ७७ वटा जिल्लामा नेटवर्क विस्तार गरेको क्लासिक टेक २१ वटा भन्दा बढी शाखाको स्थापना गरि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको क्षेत्रीय प्रबन्धक कार्कीले बताए ।

दशौ बार्षिक उत्सवकोे उपलक्ष्यमा क्लासिकटेक प्रा. लि. ले गत साता ४७१ रुपैयाँमा प्रति महिनाको दरमा ५० एमविपीएस स्पीडको सेवा बजार माल्याएको थियो ।
एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्धसम्म गराउने भएको क्षेत्रीय प्रबन्धक कार्कीले जानकारी गराए ।

विश्वकै उत्कृष्ट जीपीओन प्रविधिबाट फाईवर इन्टरनेट सेवा प्रदान गर्दै यस संस्थाले नेपालको विभिन्न मुख्यमा सहर सेवा उपलब्ध गराई सकेको छ भने नेपालको ७७ वटा जिल्लामा नेटवर्क विस्तार गरेको क्लासिकटेक २१ वटा भन्दा बढी शाखाको स्थापना गरि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको प्रवन्धक कार्कीले बताए ।

दशौ बार्षिक उत्सवकोे उपलक्ष्यमा क्लासिकटेक प्रा. लि. ले गत साता ४७१ रुपैयाँमा प्रति महिनाको दरमा ५० एमविपीएस स्पीडको सेवा बजार माल्याएको थियो ।

एक वर्ष सेवाको खरिदमा १०महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्धसम्म गराउने भएको क्षेत्रीय प्रबन्धक कार्कीले जानकारी गराए । विश्वकै उत्कृष्ट जीपीओन प्रविधिबाट फाईवर इन्टरनेट सेवा प्रदान गर्दै यस संस्थाले नेपालको विभिन्न मुख्यमा सहर सेवा उपलब्ध गराई सकेको छ भने नेपालको ७७ वटा जिल्लामा नेटवर्क विस्तार गरेको क्लासिकटेक २१ वटा भन्दा बढी शाखाको स्थापना गरि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको प्रवन्धक कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर