पूर्वाञ्चल खबर
विराटनगर / मोरङ कानेपोखरी गाउँपालिका ५ बस्ने ४२ बर्षीय तेजेन्द्र अधिकारीको कुलोमा डुबेर मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरी आज बिहान पउने ११ बजे घर नजिकै रहेको फलैचामा बसिरहेको अवस्थामा सोही फलैचाबाट लडी कुलोमा पर्दा डुबेर अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।