CLASSICTECH NET

समयको माग : मुस्लिम विश्वविद्यालयको स्थापना

खबर पूर्वाञ्चल, ११ श्रावण २०७६, शनिबार २०:३५
ताजिम अन्सारी , अखिल (क्रान्तिकारी ) केन्द्रीय सदस्य तथा मोरङ जिल्ला सम्योजक

संघीय नेपालमा शिक्षालाई जनताको पहुँचमा पुर्याउन र स्थानीय, मौलिक तथा परम्परागत ज्ञान, सिप, प्रविधिसँग शिक्षालाई जोड्नका लागि मुस्लिम विश्वविद्यालयको स्थापना अवको अपरिहार्य आवश्यकता हो ।

नेपालमा उच्च शिक्षाको इतिहास त्यति पुरानो छैन । नेपाल भ्रमणमा आएका
बौद्ध भिक्षुहरू र पादरीहरूले लेखेका कृतिहरू, नेपालका पुराना मन्दिरहरू, मस्जिदहरु , मदर्साहरु ,इदगाह,कर्वला ,मजार , कबरिस्तान,दरबारहरू, अभिलेखहरू, ग्रन्थहरू, राजा जनकका कथाहरुलाई आधार मानेर उहिले नेपाल शिक्षाको केन्द्र थियो भन्न सकिन्छ ।

इ.पू. ८०० मा स्थापना भएको तक्षशिला (संसारकै पहिलो विश्वविद्यालय, भारतको उत्तर–पश्चिम, पाकिस्तानको सीमा क्षेत्रमा) र पाँचौँ शताब्दीमा स्थापना भएको नालन्दा (संसारकै उत्कृष्ट विश्वविद्यालय मानिने, भारतको विहारमा) विश्वविद्यालय पनि त हाम्रो नेपाल नजिकै थिए र त्यहाँबाट नेपालीले पनि पक्कै उच्च शिक्षा आर्जन गरेका थिए भनेर नाक फुल्याउन पनि सकिन्छ । तर नेपालमा उच्च शिक्षाको औपचारिक सुरुवात भने त्रिचन्द्र कलेज (१९७५ भाद्र २७ गते) को स्थापनापछि र विश्वविद्यालयको हकमा त झन् त्रिभुवन विश्वविद्यालय (२०१६) को स्थापनापछि मात्र भएको हो । नेपाल संस्कृत विश्वविद्यालय को स्थापना (२०४३) र २०५० को दशकपछि विना योजना, विना पूर्वाधार हचुवाका भरमा खुलेका विभिन्न विश्वविद्यालयहरुसहित गरेर हाल नेपालमा ९ ओटा विश्वविद्यालय र ३ ओटा मानित विश्वविद्यालयहरू छन् । खुला विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयहरू स्थापनाको प्रक्रियामा छन् । तर पनि नेपालको विश्वविद्यालय शिक्षा अझै पनि सर्वसुलभ र गुणस्तरीय हुन सकेको छैन ।

हाम्रा विश्वविद्यालयहरु एक प्रकारले बेरोजगार उत्पादन गर्ने कारखाना जस्ता लाग्छन् । त्यसैले नेपालका विश्वविद्यालयलाई समयोचित व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक छ र परिवर्तित सन्दर्भ अनुसार नयाँ विश्वविद्यालयको स्थापना गर्न आवश्यकता छ । यही आवश्यकताका सन्दर्भमा मुस्लिम विश्वविद्यालयको चर्चा हुन थालेको छ । आखिर मुस्लिम विश्वविद्यालयको चर्चा कसरी हुँदैछ ? यसको औचित्य र आवश्यकता के हो ?

यहाँ यही विषयमा सामान्य चर्चा गरिएको छ ।

नेपालको संविधान, २०७२ मा संघीय र प्रादेशिक गरी दुई प्रकारका विश्वविद्यालयको अवधारणा छ । यसैले प्रदेशहरू बन्नेसाथ हरेक प्रदेशमा कम्तीमा एउटा विश्वविद्यालय बन्ने निश्चित छ । एउटा प्रदेशमा एउटाभन्दा बढी प्रादेशिक विश्वविद्यालय पनि बन्न सक्छन् । प्रदेश नं. १ मा हाल पूर्वाञ्चल विश्वविद्यालय र मानित विश्वविद्यालयअन्तर्गत विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । यी दुवै विश्वविद्यालय तराई क्षेत्रमा केन्द्रित छन् । सम्भवतः भोली यी विश्वविद्यालयहरु १ नं. प्रदेशका प्रादेशिक विश्वविद्यालयअन्तर्गत रहने छन् । तर पूर्वाञ्चल विश्वविद्यालय र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुस्लिम समुदायको विशेषता, पहिचान ,प्रम्परा , संस्कृति र इतिहास समग्रतालाई समेट्न सक्तैनन् । खास गरेर प्रदेश न १ र अरु प्रदेशमा पनि अलग्गै मुस्लिम

विश्वविद्यालयको आवश्यकता छ जुन नेपाल भित्र एउटा पनि मुस्लिम विश्वबिद्धालय छैनन । प्रस्तावित मुस्लिम विश्वविद्यालयले यस आवश्यकतालाई परिपूर्ति गर्न सक्छ ।
मुस्लिम विश्वविद्यालय स्थापना गर्न सकियो भने यसले नेपालको पहिचानलाई जोगाउने छ, उच्च शिक्षाको प्रवर्धन गर्नेछ । हामीलाई थाहा छ, नेपालको ७७ वटै जिल्लामा मुस्लिम समुदायको बसोबास रहेको छ । विडम्बना आजको दिनसम्म नेपालमा एउटा पनि मुस्लिम विश्वविद्यालय न हुनु दुर्भाग्य रहेको छ ।

मुस्लिम विश्वविद्यालयको स्थापना गर्न सक्दा मुस्लिम समुदाय भित्र विश्वविद्यालय शिक्षा आर्जन गर्न पाउने हक, अधिकार सुरक्षित हुन्छ । उच्च शिक्षाबाट प्राप्त हुने ज्ञान, सिप, प्रविधि, आचरण, स्वाभिमान, राष्ट्रिय भावना मानवता, आदर्श र आत्मनिर्भरता जस्ता मानवका लागि अति आवश्यक ज्ञान र सिपहरू यस बिश्वबिद्धालय बाट सहज रुपमा उपलब्ध हुन सक्दा यसले पक्कै पनि राम्रो गर्छ । यो विश्वविद्यालय मुख्य गरेर भाषा, संस्कृति, कृषि, पर्यटन जस्ता विषयमा केन्द्रित हुन आवश्यक छ । यसले मुस्लिम समुदायका विभिन्न भाषाहरु, उर्दु, अरबी आदि भाषा तथा यी जाति विशेषको संस्कृति,

इतिहास, सभ्यताको अध्ययन अनुसन्धानको ढोका खुल्ने छ । आज हामी ‘पहिचान पहिचान’ भनेर कराइरहेका छौँँ । वास्तवमा पहिचानको रक्षा हामी यसरी मात्र गर्न सक्छौँ ।

पहिचान र आत्मनिर्भरताको महत्त्वपूर्ण पक्ष भनेको स्थानीय तथा परम्परागत ज्ञान र सिपको अध्ययन अनुसन्धान, विकास तथा प्रवर्धन पनि हो । अहिलेको युग स्थानीय विशेषतामा आधारित विकास (जस्तै ः पर्यटन, जलस्रोत, जडीबुटी, कृषि, पशुपालन, फलफूल) एवम् स्थानीय उत्पादन प्रणालीको अध्ययन, अनुसन्धान, विकास र प्रवर्धन गर्ने युग हो । स्थानीय ज्ञान, सिप र प्रविधिलाई विश्वव्यापी ज्ञानसँग जोड्न सक्दा मात्र आजको युगमा हामी आफ्नो अलग पहिचान कायम गर्न सक्छौँ र आत्मनिर्भर पनि बन्न सक्छौँ ।

मुस्लिम विश्वविद्यालयले यस दिशामा कोशेढुंगाको काम गर्न सक्छ । समग्र नेपालका जनता बीचमा आपसी सहिष्णुता, भाइचारा र राष्ट्रिय एकताको भाव जगाउन पनि मुस्लिम विश्वविद्यालयको आवश्यकता छ । विश्वविद्यालयको स्थापना गरिसकेपछि मानविकी, शिक्षा, व्यवस्थापन, कृषि, इन्जिनियर, चिकित्सा जस्ता परम्परागत तथा आधुनिक अनि सैद्धान्तिक तथा व्यावहारिक दुवै प्रकारको अध्ययन, अनुसन्धान तथा ज्ञान आर्जनको अवसर सिर्जना हुने नै छ । आफ्नै परिवेशमा विश्वविद्यालय भएपछि युवाहरूको ध्यान पढाइतिर जान्छ । यसबाट युवाहरूलाई कुलतमा लाग्नबाट रोक्नका साथै सहर वा विदेश पलायन हुने क्रम पनि अवश्य कम हुन्छ । यसले समाजमा सकारात्मक प्रभाव पर्ने नै भयो ।

विश्वविद्यालयबाट मुस्लिम समुदायको भाषा, संस्कृति, सभ्यताका साथै धार्मिक, प्राकृतिक, सांस संस्कृतिक सम्पदाको जगेर्नामा ठुलो टेवा पुग्नेछ । अन्तत मुस्लिम विश्वविद्यालयको विकल्प नरहेको हुँदा यसकालागी सबैले आवाज बुलन्द गर्नु पर्छ ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५