पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर – १४ का समानन्द यादवको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न वडाअध्यक्षसहित ९ जना आरोपीलाई प्रहरीले पक्राउ गर्न नसक्दा न्याय नपाएको पीडित पक्षले गुनासो गरेका छन् ।
आज विराटनगरमा पीडित पक्षले पत्रकार सम्मेलन गरि यस्तो गुनासो गरेका हुन् । विराटनगर १८ की एक किशोरीसँग समानन्दका जेठा छोरा राजेशको विवाह तय भएर तिलक स्वरूप ५० हजार दिएपछि केटा पक्षले विवाह गर्न अस्वीकार गरेको भन्दै कुटपिटको घटना भएको थियो । विवाह रोकिँदा सामाजिक रूपमा बेइज्जती भएको भन्दै केटी पक्षले जेठ ३२ मा गाउँका भलादमीसहित विराटनगर १४ का वडा अध्यक्ष बलदेव यादवको घरमा बोलाएको पञ्चायतमा विवाद बढ्दा समान्नदमाथि कुटपिट भएको थियो । उपचारको क्रममा असार २६ गते राती ९ बजे विराटनगरस्थित कोशी अञ्चल अस्पतलामा समान्नदको मृत्यु भएको थियो ।
कुटपिटबाट मत्यु भएपछि पीडित पक्षले असार १ गते घटनामा संलग्न विराटनगर १४ का वडा अध्यक्ष बलदेव यादव, १८ का वडा अध्यक्ष सञ्जय साहसहित ९ जना विरूद्ध कर्तब्य ज्यान मुद्दामा किटानी जाहेरी दिएको थिए । जाहेरी दिएको १७ दिन वितिसक्दा पनि प्रहरीले आरोपीलाई पक्राउ गर्न नसक्दा न्याय पाउन नसकेको पत्रकार सम्मेलनमा मृतका छोरा राजेशले बताए ।