पूर्वाञ्चल खबर
विराटनगर / आईसीसी ग्लोबल टी–२० विश्वकप क्रिकेटको एसिया फाइनलमा नेपालले कुवेतलाई ७ विकेटको सहज जत हात पारेको छ । अव नेपालले आइतबार सिंगापुरलाई पराजित गरे आईसीसी ग्लोबल टी–२० विश्वकप क्रिकेटको छनौट हुने छ । जित पछि नेपाल दोस्रो स्थानमा उक्लिएको छ ।
कुवेतले लिएको १ सय ४२ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा ३ विकेट गुमाई सो विजयी भएको छ । नेपालको जितमा कप्तान पारस खडकाले अधएसतक प्रहार गरेका छन् । पारसले ४२ बलको सामाना गरि १ छक्का र ११ चौका प्रहार गर्दै ६८ रनमा आउट भएभने सरद भेषावकरले अविजत ३८ रन, ज्ञानेन्द्र मल्लले १९ र रोहितकुमार पौडेल ६ रनमा अविजित रहे । कुवेतका मोहमद काशिवले २ विकेट लिए ।
यस अघि सिंगापुरको इन्डीएन एसोसीएसन मैदानमा टस हारेर ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रन बनाएपछि नेपालले १ सय ४२ रनको लक्ष्य पाएको हो ।कुवेतकालागि मोहमद काशिफले ३६ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ४९ रनमा नट आउट रहे भने अदनान इद्रेसले २५, मोहम्मद असलमले २३ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान ३–३ विकेट, करन केसीले २ विकेट र अविनाश बोहराले १ लिए ।