पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर–१५मा भारतीय लहरीको ठक्करबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा विराटनगर १५ रानीका २२ वर्षीय अमर सिंह रहेको इलाका प्रहरी कार्यलय रानीले जनाएको छ ।

भारतबाट नेपाल तफै आउँदै गरेको एन एल ०१ डि ३६९० नम्बरको भारतीय लहरी ट्रकले बिआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । भारतीय लहरीले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक सिंहको मृत्यु भएको इलाका प्रहरी कार्यालय रानिका इन्सपेक्टर इन्द्र राणा मगरले जानकारी दिए ।

ठक्कर दिने लहरी प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेको छ । लहरीको ठक्करबाट स्थानीय यूवाको ज्यान गएपछि स्थानीयले केहीबेर प्रदर्शन गरेका छन् । अहिले स्थानीयले घटनाको बिरोधमा रानीमा टायर बालेर प्रदर्शन गरेका छन् । मृतक सिंहको आफन्तले ट्रक चालक झिकाउन माग गर्दै विराटनगर रानी देखि जोगबनी जाने बाटो समेत बन्द गरेका छन् ।