पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर महानगरपालिका ३ गोग्राहा चोकमा एम्बुलेन्सको ठक्करबाट एक जना महिलाको आज मृत्यु भएको छ ।
इटहरबाट विराटनगरातर्फ आउदै गरेको धनुषा नेश्नल पोली क्लिनिक बिरेन्द्रबजार धनुषाको ज १ च ११९५ नम्बरको एम्बुलेन्सले पैदल यात्री सप्तरी राजविराज नपा ६ बस्न ५५ वर्षिय उर्मिलादेवी झालाई ठक्कर दिएका थिए । एम्बुलेन्सको ठक्कबाट घाईते भएकी झाको उपचारको लागि न्युरो अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक धनुषा बिरेन्द्रबजार नपा १ बस्ने वर्ष २२ दिप कुमार मुखियालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।