AArya
RUMPUM
animated ellipse animated ellipse

पाँच सय प्रतिशतकर बढाएको भन्दै विराटनगरका व्यापारीहरू आन्दोलीत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ श्रावण २०७६, आईतवार १५:१२
3
Shares

विराटनगर ÷ विराटनगर महानगरपालीकाले अत्याधिक मात्रामा कर बढाएको भन्दै विराटनगरका व्यापारीहरू आन्दोलनमा उत्रीएका छन् ।

पहिले तिर्दै आएको करमा पाँच सय प्रतिशत वृद्धि भएपछि विभिन्न संघसंस्थामा आवद्ध भएका व्यापारीहरू आन्दोलनमा उत्रीएका हुन् ।
महानगरले बढाएको कर संशोधन गरि घटाउनुपर्ने माग राख्दै औषधी व्यवसायी, होटल तथा पर्यटन व्यवसायी र विराट व्यापार संघ आन्दोलित छन् ।

महानगरपालीकाले अचाक्ली कर वृद्धि गरेको भन्दै आज नेपाल औषधी व्यवसायी संघले विरोध ¥यालीसहित विराटनगर महानगरपालिकामा धर्ना दिइ मेयर भीम पराजुलीलाई ज्ञापन पत्र बुझाएका छन् । औषधी व्यवसायी संघ र होटल तथा पर्यटन व्यवसायीहरुले ¥र्यालीसहित छुटा छुट्टै रूपमा मेयरलाई ज्ञापन पत्र बुझाएका हुन् । व्यवसायीले थेग्नै नसक्नेगरी करमा वृद्धि भएपछि आन्दोलन गर्नुपरेको औषधी व्यवसायी संघका महासचिब हरिमोहन श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर