CLASSICTECH NET

पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियालाई पराजित गर्दै २७ वर्ष पछि इङ्ल्याण्ड विश्वकपको फाइनलमा

एकदिवशीय विश्वकपले २३ वर्षपछि नयाँ विजेता पाउने निश्चित
खबर पूर्वाञ्चल, २६ असार २०७६, बिहीबार २२:२९

विराटनगर / आयोजक इङ्ल्याण्ड १२ औं आइसिसी विश्वकप क्रिकेट प्रतियोगिाता पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियालाई पराजित गर्दै २७ वर्ष पछि विश्वकपको फाइनलमा प्रवेश गरेको छ । यस अघि सन १९९२ मा फाइनलमा पुगेको इङ्ल्याण्ड पाकिस्तानसँग पराजित भएको थियो ।

आज भएको अन्तिम सेमिफाइनलमा इंग्ल्याण्डले साविक विजेतासमेत रहेको अस्ट्रेलियाको चुनौतीलाई ८ विकेटले पन्छ्याउँदै इंग्ल्याण्डले विश्वकपको फाइनलमा प्रवेश गरेको हो । आइतबार लर्डस्मा हुने फाइनलमा घरेलु टोली इङ्ल्याण्डले उपाधिकालागि न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । न्यूजिल्याण्डले बुधबार भारतलाई पराजित गरेर फाइनलमा स्थान बनाएको थियो ।

अस्ट्रेलियाको पराजयसँगैँ एकदिवशीय विश्वकपले २३ वर्षपछि नयाँ विजेता पाउने निश्चित भएको छ । सन् १९९६ मा श्रीलंका विजेता बनेयता विश्वकपले नयाँ विजेता पाउन सकेको थिएन । हालसम्म यो प्रतियोगिता अस्ट्रेलियाले पाँचपटक, भारत र वेस्ट इन्डिजले दुई–दुई पटक तथा पाकिस्तान र श्रीलंकाले एक–एक पटक जितेका छन् ।

विश्वकपको फाइनलमा यस अघि न्यूजिल्याण्ड १ र इंग्ल्याण्ड ३ पटक फाइनल पुगेर पनि उपाधि भिडन्तमा निराश भएका छन् ।

अस्ट्रेलियाले दिएको २ सय २४ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३२ ओभर १ बलमा दुई विकेट गुमाएर लक्ष्य पुरा गरेका छ । ।घरेलु टोलीका जेसन रोयले ८५ रन बनाउँदा जोनी बेयर्स्टले ३४ रनमा आउट भए भने , जोए रुट ४९ रन र इयोन मोर्गनले ४५ रनमा नट आउट रहे । इंग्ल्याण्डले पहिलो विकेटका लागि रोय र बेयर्स्टले १ सय २४ रनको साझेदारी गरेको थियो । अम्पायरको खराब निर्णयको शिकार भएका रोयले ६५ बलमा ५ छक्का र ९ चौका प्रहार गरेका थिए । उनीविरुद्ध अम्पायरले विकेटकिपरद्वारा क्याच आउटको निर्णय दिए पनि टेलिभिजन रिप्लेमा ब्याटमा बल लागेको देखिएन । अस्ट्रेलियाका लागि मिचल स्टार्क र पाट कमिङ्ग्सले १–१ विकेट लिए ।

यस अघि बर्मिङघममा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २ सय २३ रनको सामान्य रन जोड्न सक्यो । अस्ट्रेलियाका लागि पूर्व कप्तान स्टेभिन स्मिथले ८५ रनको योगदान दिँदा एलेक्स क्यारीले ४६ रन जोडे । उनले चिउँडोमा घाउँ भए पनि ब्याटिङ गरेको थिए । इंग्ल्यान्डका जोफ्रा आर्चरको बाउन्सर बलले उनको चिउँडोमा लागेको थियो । त्यसअघि ओपनर डेभिड वार्नर ९ रन र आरोन फिन्च शून्यमा आउट भए । विश्वकपमा पहिलो पटक मौका पाएका पिटर ह्यान्डसकम पनि ४ रनमा आउट भएपछि अस्ट्रेलिया सुरुमै दबाबमा परेको थियो । मार्कोस स्टोइनिस पनि शून्यमै पेभिलियन फर्कदा ग्लेन म्याक्सवेलले २३ बलमा २२ रनको योगदान दिए । पाट कमिङ्ग्स ६ रन तथा मिचल स्टार्कले २९ रनको योगदान दिए ।

इंग्ल्यान्डका जोफ्रा आर्चरको बाउन्सर बलले उनको चिउँडोमा लागेको थियो । त्यसअघि ओपनर डेभिड वार्नर ९ रन र आरोन फिन्च शून्यमा आउट भए । विश्वकपमा पहिलो पटक मौका पाएका पिटर ह्यान्डसकम पनि ४ रनमा आउट भएपछि अस्ट्रेलिया सुरुमै दबाबमा परेको थियो । मार्कोस स्टोइनिस पनि शून्यमै पेभिलियन फर्कदा ग्लेन म्याक्सवेलले २३ बलमा २२ रनको योगदान दिए । पाट कमिङ्ग्स ६ रन तथा मिचल स्टार्कले २९ रनको योगदान दिए ।

इंग्ल्यान्डका क्रिस ओएक्स र अदिल रसिदले ३–३ विकेट लिए । जोफ्रा आर्चरले २ विकेट हात पारे भने मार्क उडले १ विकेट लिए ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५