CLASSICTECH NET

धरानमा नवजात शिशु चोरी गर्ने दुई महिला पक्राउ

खबर पूर्वाञ्चल, २६ असार २०७६, बिहीबार १८:१६

धरान / धरानको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विरामी तथा कुरुवा निदाएको मौका छोपी नवजात शिशु चोरी गर्ने दुई महिलालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान १५ की लिला बिक र उनकी भाउजु मिना लिम्बु (बिक) रहेका छन् । शिशुलाई धरान–१५
भोक्राह नर्सिङ गाउँपालिका १ बगरकोटमा फेला पारिएको थियो ।

की वविता मेहतालाई सुत्केरी व्यथा लागेर गत असार १० गते वि.पी. प्रतिष्ठान धरान लगिएकोमा १३ गते शिशुलाई जन्म दिए पश्चात आमा र शिशुको सोही अस्पतालको गाईनो वार्डमा राखि उपचार भईरहेकोमा बुत्रबार मध्य रातमा विरामी कुरुवाले शिशुलाई नदेखे पछि खोजी गर्दा कहि फेला नपरेकोले प्रहरीमा खबर गरेका थिए ।

घटनाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोली र पिडितको सहयोगमा शिशुको खोजतलास गर्ने क्रममा केही दिन अगाडी अस्पताल परिसरमा सुत्केरी तथा बच्चाको रेखदेख गर्ने बहानामा आएकी धरान ५ देवी गाउँकी २७ वर्षिया लीला विश्वकर्माले शिशुलाई चोरी गरि भाउजु नाता पर्ने धरान १५ बगरकोटकी ४२ वर्षिया मीना लिम्बु(बिश्वकर्मा) को घरमा शिशुलाई लुकाई राखेको अवस्थामा आज विहान फेला पारिएको हो । उक्त स्थानबाट प्रहरीले निजहरु दुवै जनालाई नियन्त्रणमा लिई नवजात शिशुको उद्धार गरि परिवारको जिम्मा लगाईएकोहो भने दुवैजनालाई शरिर बन्धक सम्बन्धि मुद्धामा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५