CLASSICTECH NET

न्युजिल्याण्डसँग पराजित हुँदै भारत विश्वकपबाट बाहिरियो, न्युजिल्याण्ड फाइनलमा प्रवेश

खबर पूर्वाञ्चल, २५ असार २०७६, बुधबार २०:१४

विराटनगर / न्युजिल्याण्डले इङ्ल्याण्ड तथा वेल्समा जारी १२ औं आइसिसी विश्वकप क्रिकेट प्रतियोगिाताको फाइनलमा प्रवेश गरेको ।

न्युजिल्याण्डले आज भएको पहिलो सेमीफाइनल खेलमा विश्वकपको दावेदार भारतलाई १८ रनले पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको हो । जितसँगै न्युजिल्याण्डका कप्तान केन विलियम्सनले सन २००८ को यू–१९ विश्वकपको सेमीफाइनलमा विराट कोइलीको कप्तानीमा रहेको भारतसँग ३ विकेटले पराजित भएको बदला समेत दिएको छ ।

न्युजिल्याण्डले लिएको २ सय ४० रनको मध्यम लक्ष्य पछ्याएको भारतले ४९ दशमलव ३ बलमा सवै विकेट गुमाउँदै २ सय २१ रनमा सिमित भयो । भारतकालागि आठौं क्रममा ब्याटिङ गर्न आएका रविन्द्र जेडेजाले ७७ जोड्दा पूर्व कप्तान महेन्द्रसिंह धानीले ५० रन, तथा रिसभ पन्त र हार्दिक पाण्डयाले ३२–३२ रन जोडे । न्युजिल्याण्ड मट हेनरीले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल साट्नरले समान २–२ विकेट लिए ।

यस अघि इंग्ल्यान्डको म्यान्चेस्टरमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डल े निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३९ रन बनाएको थियो । न्युजिल्याण्डका रोस टायलरले ७४ रन बनाउँदा कप्तान केन विलियम्सनले ६७ रन र हेनरी निकोलसले २८ रन जोडे ।भारतका भुवनेश्व कुमारले ३ विकेट लिँदा रविन्द्र जडेजा, जसप्रित बुमहरा,यूज्वेन्दर चहल र हार्दिक पाण्डयाले १–१ विकेट लिए ।

यस अघि मंगलबार भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल चलिरहंदा पानी परेपछि खेल रोकिएको थियो । ‘रिजर्ब डे’ अनुसार आज बाँकी खेल सुरु भएको हो ।

मंगलबार न्युजिल्यान्डले ४६ दशमलव १ बलमा पाँच विकेटको क्षतिमा २ सय ११ रन बनाउँदा पानी परेको थियो । लगातार पानी परेपछि यो खेल ‘रिजर्ब डे’ को लागि सारिएको थियो । आज खेल शुरु हुँदा न्युजिल्याण्डले ४६ दशमलव १ बलमा ५ विकेटको क्षतिमा २ सय ११ रनदेखि नै ब्याटिङ थालेको हो ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५