CLASSICTECH NET

बास्केट बल ट्यालेन्ट हन्ट सम्पन्न, उत्कृष्ट खेलाडीलाई छात्रवृती

खबर पूर्वाञ्चल, २३ असार २०७६, सोमबार १९:०८

विराटनगर / विराटनगर बास्केट बल एकेडेमीले सञ्चालन गरेको दुई महिने ट्यालेन्ट हन्ट विराटनगरमा सम्पन्न भएको छ ।

्विराटनगर ११ मा रहेको विकेभिएम स्कुलको प्राङगणमा सम्पन्न ट्यालेन्ट हन्ट कार्यक्रममा उत्कृष्ट खेलाडीलाई छात्रवृती प्रदान गरिएको छ ।

एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको ट्यालेन्ट हन्टमा सहभागी भई उत्कृष्ट खेलाडी बरदानकुमार साह, निमेश श्रेष्ठ , प्रितुस कार्की र शुलभराज कार्कीलाई उच्च शिक्षाको लागी छात्रवृती प्रदान गरिएको हो । ट्यालेन्ट हन्ट सम्पन्न कार्यक्रममा हिसान मोरङका अध्यक्ष राजेश कार्की , विकेभिएम स्कुलका प्रिन्सीपल रविन दाहाल, एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिस विराटनगरका प्रमुख अनुभव दाहालको उपस्थित रहेको थियो ।

कार्यक्रममा उत्कृट खेलाडीहरुलाई सहभागी अतिथीहरुले छात्रवृती प्रदान गर्नुको साथै अन्य खेलाडीहरुलाई समेत प्रमाण पत्र वितरण गरिएको विराटनगर बास्केट बलका प्रशिक्षक मुकेश यादवले जानकारी दिए ।

यसै विच विराटनगर बास्केट बल एकेडेमीले सामुदायिक विद्यालयहरुमा प्रोटेवल बास्केट प्रयोग गरी विद्यार्थीहरुलाई बास्केट बल प्रशिक्षण गराउँने भएको छ । साथै आगामी दिनमा सामुदायिक स्कूलस्तरीय बास्केट बल प्रतियोगीता गराईने विराटनगर बास्केट बल एकेडेमीका सस्थापक सरोज लम्सालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५