AArya
RUMPUM
animated ellipse animated ellipse

१२ वर्षपछि ब्राजिललाई नवौँ पटक कोपा अमेरीका कपको उपाधि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ असार २०७६, सोमबार ०६:२३
3
Shares

विराटनगर / १२ वर्षपछि आयोजक ब्राजिलले नवौँ पटक कोपा अमेरीका कपको उपाधि हात पारेको छ । सन् २०१६ को ओलम्पिकमा गोल्ड मेडल जितेपछि ब्राजिलको पहिलो उपाधि हो । ब्राजिलले आयोजना गरेका सबै पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।

गए राती माराकाना रंगशालामा भएको फाइनल खेलमा पेरुको चुनौतीलाई ३–१ को गोल अन्तर पन्छ्याउँदै ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि उचालेको हो । सन् २००७ मा अर्जेन्टिनालाई पराजित गरि उपाधि उचालेको ब्राजिलले घरेलु मैदानमा १२ वर्षपछि ट्रफी उचालेको हो ।

ब्राजिललाई उपाधि दिलाउन सौसा सोरेस, गाब्रियल जिसस र रिचार्लिसनले गोल गरे । यता, पेरुका लागि भने पाउलो गुइरेरोले गोल फर्काएका थिए । पेरुलाई पराजित गर्ने क्रममा ब्राजिलका यूवा खेलाडी गाब्रिएल जिससले एक गोल गरे भने एक गोलका लागि सहयोग गरे । उनी त्यसपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । १० खेलाडीमा सीमित भए पनि ब्राजिलले उपाधि उचालेर घरेलु मैदानमा उत्सव मनायो ।

१५ औँ सोउसाको गोलबाट ब्राजिलले सुरुवाति अग्रता लियो । ४४ औँ मिनेटमा पेरुले पेनाल्टी पायो, त्यसमा गुएरिरोले पेरुका लागि बराबरी गोल फर्काए । तर पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा जिससले गोल गर्दै पुनः ब्राजिललाई अग्रता दिलाए ।

७० औँ मिनेटमा उनी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिन बाध्य भए । ९० औँ मिनेटमा ब्राजिलले पेनाल्टी पायो, त्यसमा रिचार्लिसनले गोल गरे । ब्राजिल ३–० ले विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर