पूर्वाञ्चल खबर
विराटनगर / बंगलदेशलाई पराजित गर्दै पाकिस्तानले इंग्ल्याण्ड तथा वेल्समा जारी विश्वकपमा सुखत अन्त्य गरेको छ । पाकिस्तान विश्वकपबाट बाहिरिएसँगै विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण समेत पूरा भएको छ । अस्ट्रेलिया, भारत, इंग्ल्याण्डसँगै सेमिफाइनलमा न्युजिल्याण्डको स्थान पक्का भएको हो ।
पाकिस्तानले अन्तिम खेलमा बंगलादेशसँग राम्रो रन रेटका लागि आवश्यक अन्तरको जित निकाल्न नसक्ने भएसँगै न्युजिल्याण्ड सेमिफाइनल पुग्ने पक्का भएको हो । पाकिस्तानले खेल जिते पनि रन रेट न्युजिल्याण्डको भन्दा राम्रो बनाउँदै सेमिफाइनल पुग्न बंगलादेशलाई ७ भन्दा कममा आउट गर्नुपर्ने थियो । दुई ओभरको खेल सकिँदा बंगलादेशले आठ रन बनाइसकेको छ । पहिलो ओभर मोहम्मद हाफिजले कुनै रन दिएनन् । दोस्रो ओभरमा मोहम्मद आमिरले भने आठ रन खर्चिए ।
न्युजिल्याण्डको ९ खेलमा ११ अंक रहेको छ । पाकिस्तानले बंगलादेशलाई हराएमा ९ खेलमा ११ अंक नै हुनेछ । तर नेट रन रेटमा न्युजिल्याण्डको ०.१७५ छ भने पाकिस्तानको –०.७९२ रहेको छ ।
लण्डननको लर्ड्स मैदानमा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गरेको छ । टस जितेरब्याटिङ गरेको पकिस्तानले पूरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा ३ सय १५ रन बनाएको हो । पाकिस्तानकालागि इमाम उल हकले १०० र बाबर आजमले ९६ रनको पारी खेले । अन्तिम ओभरमा इमाद वसिमले २६ बलमा ७३ रन बनाए । बंगलादेशका लागि मुस्तफिजुर रहमान एक्लैले ५ विकेट लिए ।
३ सय १६ रनको लक्ष्य पाएको बंगलादेशले ४४ दशमलव १ बलमा अलआउट हुँदै २ सय २१ रन मात्र जोड्न सक्यो । ब०गलादेका शाकिब अल हसनले ६६ रन बनाउँदा महमुदुल्लाहले २९ रन लिटन दासले ३२ रन र सौम्य सरकारले २२ रनको योगदान दिए । पाकिस्तानका शाहिन शाह अफ्रिदी एक्लैले ६ विकेट लिए ।