CLASSICTECH NET

विजुलीको महसुल नतिर्दा कोशी अस्पतालको विद्युतको लाईन काट्ने प्राधिकरणको चेतावनी

खबर पूर्वाञ्चल, २० असार २०७६, शुक्रबार १५:३०

विराटनगर / विजुलीको महसुल नतिर्दा प्रदेश १ को राजधानी विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालको विद्युतको लाईन काट्ने प्राधिकरणले चेतावनी दिएको छ । ।

नियमित भुक्तानी गर्नु पर्ने विजुलीको महसुल अस्पतालले नतिर्दा प्राधिकरणले विद्युतको लाईन काट्नेसम्मको चेतावनी दिएको हो ।

नेपाल विद्युत प्राधिकरण, विराटनगर वितरण केन्द्रले बिहिवार अस्पताललाई लाइन काटने चेतावनी सहित पत्र पठाएको थियो । अस्पतालले प्राधिकरणलाई विद्युत महसुल वापत एक करोड ४१ लाख ९ हजार ७६ रुपैयाँ ३० पैसा बुझाउन बाँकी देखिएको छ । विद्युत प्राधिकरणले पत्रमा उल्लेख गरिएको छ ।

प्राधिकरणले जेठ मसान्तसम्मको बक्यौता रकम एक साताभित्र बुझाउन भन्दै अस्पतालको नाममा बिहीबार पत्र पठाए पनि हालसम्म महसुल नबुझाएको प्राधिकरण विराटनगर केन्द्रका प्रमुख राजीवकुमार सिंहले बताए ।

केन्द्रका प्रमुख सिंहका अनुसार विद्युत प्रयोग गरे वापत अस्पतालले लामो समय देखि महसुल बुझाउन बाँकी रहेको बताए । सिंहले अस्पतालले समयमा रकम नबुझाए जुनसुकै बेला प्राधिकरणको नियमअनुसार लाइन काटिदिने बताए । पटक–पटक पत्राचार गर्दा पनि हालसम्म बक्यौता रकम भुक्तानी नगरिएको उनको भनाइ छ । उनले भने अस्पतालमा विभिन्न पाँचवटा मिटर जडान गरेर विद्युत सेवा सञ्चालन गरिएको मध्ये एउटा मिटरको एक लाख ७५ हजारदेखि एक करोड ३१ लाख रुपैयाँसम्म बक्यौता बाकी रहेको छ ।

अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले पैसा तिर्न नसकेर प्राधिकरणले विद्युत लाइन काट्यो भने सबै सेवा ठप्प हुने बताए । विजुली नहुँदा ल्याब, शल्यक्रिया, आईसीयू, एनआईसीयू, ओपीडी, आकस्मिक सबै सेवा ठप्प हुनेछन् । अस्पतालमा दैनिक एक हजार दुई सय बढीको उपचार र स्वास्थ्य परीक्षण हुने गरेको छ ।

सरकारले विद्युत महसुल वापत अस्पताललाई बार्षिक ५० लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ । तर वार्षीक ९६ लाख रुपैयाँ भन्दा बढी महसुल उठ्ने गरेको बुढाथोकीले बताए । वर्षीक ४६ लाख बढी रकम अपुग भएकाले पनि समयमा विद्युत महसुल बुझाउन नसकिएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५