पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर–९ मा रहेको भानु कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विहीबार प्रवेश परीक्षा लिएको छ ।
कलेजले १ सय ८० कोटा रहेको विज्ञान संकायमा ५ सय ३२ र २ सय २५ कोटा रहेको व्यवस्थापन संकायमा ४ सय ६५ गरी ९ सय ९७ जना विद्यार्थी परीक्षामा सहभागि रहेको कलेजका प्रिन्सिपल देवेश प्रधानले जानकारी दिए । प्रिन्सिपल प्रधानका अनुसार आज लिएको परीक्षाको नतिजा शुक्रबार विहान प्रकाशन हुने जनाए ।