पूर्वाञ्चल खबर
विराटनगर/ विराटनगर–१० मा रहेको अरनिको कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई बुधबार प्रवेश परीक्षा लिएको छ ।
विज्ञान संकायको बुधबार भएको परीक्षामा १ हजा ७ सय ८५ जना विद्याथी सहभागि रहेको कलेजका प्रिन्सिपल राजेश कार्कीले बताए । प्रिन्सिपल कार्कीका अनुसार कलेजमा ६ सय ५० कोटा रहेको जनाए । उनीहरुको नतीजा विहिबार विहान प्रकाशित हुने कलेजले जनाएको छ । कलेजले यसपालीदेखि व्यवस्थान संकायको अध्यापन समेत शुरु गरेको कलेजले जनाएको छ । साथै प्रदेश १ को पहिलो होटेल मेजेन्मेट यस कलेजमा अत्याधुनिक सुबिधा सम्पन्न प्रयोगशाला भएकासाथै कक्षा सञ्चानल हुने कलेजले जनाएको छ ।व्यस्थापन तथा होटेल मेजेन्मेटको २१ गते प्रवेश परिक्षा हुने कलेजले जनाएको छ ।