RUMPUM
animated ellipse animated ellipse

विराटनगरले जित्यो उप–मेयर कप महिला फुटबलको उपाधि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ असार २०७६, बिहीबार १५:४०
3
Shares

काठमाडौं / पहिलो संस्करणको उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगरले हात पारेको छ ।

आज भएको फाइनल खेलमा विराटनगरले बाह्रबिसे नगरपालिकालाई खेल पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि हात पारेको हो ।

उपाधिसँगै विराटनगरले नगद ५ लाख रुपैयाँ तथा ट्रफि हात पारेको छ भने उपविजेता बाह्रबिसेले ३ लाख सहित ट्रफि हात पारेको छ ।

एपीएफको मैदानमा भएको खेलको निर्धारित समय दुवै टिमले १(१ को बराबरी सकिएपछि खेल निर्णय पेनाल्टी सुटआउटमा भएको हो ।

विराटनगरकी रेखा पौडेल, ईमा राई, विद्या राना र मनमाया लिम्बूले गोल गर्न सफल भए । प्रतियोगिता भर उत्कृष्ट खेल प्रदर्शन गरेकी विराटनगरकी रेखा पौड्याल उत्कृष्ट खेलाडी घोषित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर