RUMPUM
animated ellipse animated ellipse

विराटनगरको बजेट ५ अर्व १२ करोड ३० लाख ९० हजार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० असार २०७६, मंगलवार १९:२६
3
Shares
महानगरपालिकाको बजेट प्रस्तुत गर्द महानगरपालिकाका प्रमुख पराजुली । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को लागी ५ अर्व १२ करोड ३० लाख ९० हजार अनुुमानित आय व्ययको वजेट प्रस्ताव गरेको छ ।

महानगरपालिकाको आज विराटनगरमा आयोजित चौथो नगरसभाबाट सो वजेट प्रस्ताव गरेको हो ।

महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले नगर सभामा वजेट प्रस्ताव गर्र्दै आगामी आर्थिक वर्षका लागी महानगरपालिकाको तर्फ ३ अर्व २९ करोड ४९ लाख १२ हजार र मझौला शहर एकिकृत शहरी वातवरणीय सुुधार परियोजना तथा क्षेत्रिय शहरी विकास परियोजना तर्फ १ अर्व ८२ करोड ८१ लाख ७८ हजारगरी ५ अर्व १२ करोड ३० लाख ९० हजारको वजेट प्रस्ताव गरिएको महानगर प्रमुुख पराजुुलीले जानकारी दिए । वजेटमा शिक्षा, स्वास्थ्य, पुूर्वाधार तथा विकास निमार्णलाई जोड दिइएको छ ।

महानगरको नगरसभाको उद्घाटन गर्दै प्रदेश १ का प्रदेश प्रमुुख प्रा.डा गोविन्दवहादुुर तुुम्वहाङले महानगरको विकासका लागी वजेट फलदायी भएकाले वजेट कार्यान्वयनमा जोड दिए ।

प्रदेश १ का समाजिक विकासमंत्री जिवन घिमिरेले विकास निमार्णमा प्रदश सरकार र स्थानिय सरकारविच सहकार्य आवश्यक रहेको वताए ।

कार्यक्रममा प्रदेश १ का प्रमुुख सचिव सुुरेश अधिकारी, महानगपालिका उपप्रमुुख इन्दिरा कार्कीले , नेकपाका नेता वावुुराम कार्कीलगायतले महानगरको विकासमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर