RUMPUM
animated ellipse animated ellipse

कोपा अमेरिका कपमा साविक विजेता चिलीलाई पराजित गदै उरूग्वे अन्तिम आठमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० असार २०७६, मंगलवार ०७:३०
3
Shares

विराटनगर / काभानीको गोलमा ब्राजिलमा जारी कोपा अमेरिका फुटबकको समूह चरणको अन्तिम खेलमा साविक विजेता चिलीलाई पराजित गदै उरूग्वे समुह विजेता हुँदै अन्तिम आठमा प्रवेश गरेको छ ।

आज विहान भएको खेलमा उरूग्वेले चिलीलाई १–० गोलले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो । उरूग्वेको जितमो निर्णायक गोल एडिन्सन काभानीले खेलको ८२ औं मिनेटमा गरेको हो ।

त्यसैगरी उरूग्वेसँग हारे पनि चिली पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । चिली समूह उप–विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । यसै समूहको आजै नै सम्पन्न भएको अर्को खेलमा प्रतियोतिाबाट बाहिरि सकेका जापान र इक्वेडरले १–१ को बराबरी गरेका छन् । जापानका लागि १५ औँ मिनेटमा शोया नाकाजिमाले गोल गरे भने ३५ औँ मिनेटमा इक्वेडरका लागि एन्जल मिनाले बराबरी गोल फर्काए । दुई अंकसहित जापान समूहको तेस्रो स्थानमा रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर