पूर्वाञ्चल खबर
विराटनगर/ मञ्जिना मुभिज क्रिएसन प्रालिले ब्लाष्ट टाइम्स दैनिक विराटनगरका सम्वदाता अनिल श्रेष्ठसहित विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरेको छ ।
विराटनगरमा शनिबार एक समारोहको बिच पत्रकार श्रेष्ठसहित अन्य ६ जना सम्मानित भएका हुुुन् । यसरी सम्मानित हुनेहरूमा पत्रकार हरिहर नेपाल, साहित्यकार सरिता तुलाधर, झिः पुच विराटनगरका पूर्वअध्यक्ष नारायणप्रसाद श्रेष्ठ, स्वयमसेवी शिक्षक राजु क्षेत्री, मकालु टेलिभिजन र विएफएमलाई समेत सम्मान गरिएको थियो । आ–आफ्नो क्षेत्रबाट समाजको लागि उल्लेखिनिय योगदान पु¥याएको भन्दै सम्मान गरेको हो ।