पूर्वाञ्चल खबर
झापा/ न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल विराटनगर र झापा गौरादह नगरपालिको संयूक्त आयोजनामा गौरादहको बैगुन्धुरामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
आज आयोजित सो शिवरबाट ५ सय ६१ जना विरामी लाभान्वित भएको गौरादह नगरपालिकाले जनाएको छ । उक्त आयोजित शिविरले बैगुन्धुरा वासि हर्षित भएका छन् । सबै सेवा एकै ठाँउ पाउँदा निकै हर्षित भएको बैगुन्धुरा निवासी सिता मगरले बताइन् ।
स्वास्थ्य स्वास्थ्य शिविरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि.का बरिष्ठ न्यूरोलोजिष्ट डा विरेन्द्रकुमार बिष्ट , बरिष्ठ फिजिसियन डा. अग्रज उप्रेती , स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रेनुका राठी ,बाल रोग विशेषज्ञ डा. सुरेशप्रसाद साह तथा अर्थोपेडिक सर्जन डा.अमित देउद्वारा स्वास्थ्य परिक्षण गरिएको थियो ।
स्वास्थ्य शिविरमा गौरादह नगरपालिकाका ९ वटै वार्डबाट बालबालिकादेखि बृद्धबृद्धासम्म उपचार गराएका गौरादह नगरपालिकाका मेयर रोहितकुमार साहले बताए । यस्तै गौरादह नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सितारामा भटट्राईले न्यूरो हस्पिटलले समाज प्रति सद्यैव उत्तरादायी रहेको भन्दै अगामी दिनमा समेत यस्ता शिविरहरु भइराख्ने अपेक्षा राखेको बताए ।
शिविरमा न्यूरो सम्बन्धी , महिलाको आङ खस्ने समस्या , महिनावारी , डाइबेटिज , बालबालिमालाग्ने बिभिन्न रोग तथा हाड जोर्निको विरामीहरु स्वस्थ्य लाभ लिई लाभान्वित भएका थिए ।
शिविरमा ८२ जनाको इसिजि , ५८ जनाको इ इजी , तथा ३ सय ५८ जनाको सुगरको टेस्ट गरिएको शिविर संयोजन भारत श्रेष्ठले जानकारी दिए । न्यूरो हस्पिटलले सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्दै १ नं प्रदेश तथा २ नं प्रदेशको बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गर्दै आएको हस्पिटलका अपरेस्नल डाइरेक्टर राजेश भटटराईले बताए ।
मेडिकल अफिसरहरु डा.अनिलमेहता , डा प्रियङका सिंङ , डा राकेश साह , डा. सन्तोष साहसहितका स्वास्थ्य टोलीद्धारा स्वास्थ्य परिक्षण गर्नुका साथै निःशूल्क औषधी पनि वितरण गरिएको थियो ।