AArya
RUMPUM
animated ellipse animated ellipse

छोरी वचाउ अभियान अन्र्तगत ६७ जनाले लिए प्रोत्साहन भत्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ असार २०७६, शनिबार २०:४०
3
Shares

कुुमोद अधिकारी
विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको छोरी वचाउ तथा छोरी पढाउ कार्यक्रम अन्र्तगत ६७ जनाले प्रोत्साहन भत्ता पाएका छन् ।

छोरीलाई उच्च प्राथमिक्ता दिन पहिलो र त्यसपछि दोश्रो पनि छोरी जन्माउनेलाई महानगरपालिकाले प्रोत्साहन भत्ता दिन थालेको हो ।

महानगरपालिकाले चालुु आर्थिक वर्षको साउनदेखि असारको पहिलो सातासम्म पहिलो छोरी जन्माउने ३५ तथा पहिलो र दोश्रो छोरी जन्माउने ३२ जनालाई प्रोत्साहन भत्ता प्रदान गरेको महानगरपालिका उप–प्रमुुख इन्दिरा कार्कीले वताइन् । छोरी वचाउ कार्यक्रम अन्र्तगत पहिलो छोरी जन्माउनेलाई ३ हजार तथा पहिलो र दोश्रो पनि छोरी जन्माउनेलाई २५ हजार प्रोत्साहन भत्ता दिदै आएको छ ।

दोश्रो छोरीको उच्च शिक्षाका लागी १८ वर्ष उमेर पुुगेपछि सो रकम निकाल्न पाउने गरी छोरीको नामा वैंकमा २५ हजार रकम फिक्स डिपोजिट गरिदिने गरेको उप–प्रमुुख कार्कीले वताइन् ।

छोरा छोरी एकै हुुन भन्ने सन्देश दिन महानगरपालिकाले वजेट छुुट्याएर यो कार्यक्रम सञ्चालन गरेको हो । यस्तो सुुविधान लिन २० वर्ष माथी विवाह गरेको स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने तथा नेपाली नागरिक हुुनुुपर्ने महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर