पूर्वाञ्चल खबर
काठमाडौं / निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका सबै कामदारलाई सकुशल आज विहान उद्धार गरिएको छ ।
राति साढे आठ बजेतिर सुक्खा पहिरो जाँदा ११ जना नेपाली र ६ जना चिनियाँ गष्र १७ जना कामदार सुरूङमा थुनिएका थिए ।सुवाको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश गर्ने पहुँचमार्गमा एक्कासी सुक्खा पहिरो आएर फसेका १७ जना कामदारको सकुशल उद्धार गरिएको हो । जिल्ला प्रहरी प्रमुख डिएसपी भागेन्द्रप्रसाद ढकालले दिएको जानकारी अनुसार सबैजनाको सकुशल उद्धार गरिएको जनाएका छन् ।
राति नै उद्धारको प्रयास भए पनि सम्भव नभएपछि बिहान मात्रै उद्धार गरिएको डिएसपी ढकालले बताए । गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार थुनिएका हुन् डिएसपी ढकालले भने ।
सुरुङको एक सय मिटरभित्र काम गरिरहेको बेला थुनिएका उनीहरुलाई उद्धार गर्न रातिदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली परिचालित गरिएको थियो ।
‘सबै १७ जनालाई बिहान ७ बजे सकुशल उद्धार गरिएको छ । उहाँहरु खतरामुक्त भएकाले आत्तिनुपर्ने अवस्था केही पनि छैन,’ डिएसपी ढकालले भने, ।
अडिट–४ टनेलभित्र कामदारहरु थुनिएको जानकारी पाएको १० मिनेटभित्रै खोज तथा उद्धारका लागि नेपाली सेनाको एक सेक्सन, सशस्त्र प्रहरीको २० जनाको टोली, जनपद प्रहरी ७ जना गरी ३८ जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो ।